युएइमा यस्तो नयाँ कानुन्ः दुईवटी श्रीमती राख्ने पुरुषलाई आवास भत्ता दिइने !

एजेन्सी । दुईवटा पत्नी बिहे गर्ने पुरुषलाई सरकारले विभिन्न खाले सुविधाहरु प्रदान गर्नेछ । दुई श्रीमती हुने पुरुषले सरकारबाट अतिरिक्त घरभाडा भत्ता पाउनेछन् ।

यो युएइमा एक अनौठो कानून लागू भएको हो । विवाहित पुरुषसँग बिहे गरेर दोश्री बनेर जाने महिलाले पनि पहिलो श्रीमतीले झैँ आवास र अन्य सुविधा प्राप्त गर्नेछिन् ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यो नयाँ कानुन जारी गरेको हो । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यस्तो घोषणा गरेका हुन् । उनका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता दिइनेछ ।

वास्तवमा यो दोश्री पत्नीलाई प्रदान गरिने भत्ता हुनेछ । एकपत्नी वाला परिवारले पहिले पाइराखेको आवास भत्ताको अतिरिक्त रकम हुनेछ ।

News24 Nepal

Similiar Post