कुटपिट गर्ने दोषीलाई मात्र होईन हेर्ने रमितेलाई पनि कारबाही कही न केही गरियोस्’

लालीको घोडाघोडी नगरपालिकामा एउटी किशोरीलाई बोक्सीको आरोपमा छ घण्टासम्म कुटपिट गरियो । समाजका ठालुहरुले रमिता हेरे । एउटा बेपकुफ बाबा भनाउँदो, मान्छेको नाउमा कंलक, नरपिचास ढोंगीले सारा नगरबासीलाई साक्षी राखेर एक निर्दोष माथी मुड्की, लात्ती प्रहार गर्‍यो ।

लक्षिहरु केवल घटनाको साक्षी बनेर तमासा हेरीरहे । त्यत्रो हुलमा एउटा मानिस पनि देखिएन ६ घण्टा सम्म । कस्तो अचच्म,समाजका हरेक तह, तप्काका मानिसहरु हुलका हुल छन् । कुनै एउटा साहसी मानिस निस्कीएनन् त्यो हुलमा ।

हेर्नुस तलको भिडियो ।

एउटा महिला माथी भएको खुल्ला कुटपिट हेर्नेहरु पनि यतिखेर यो कार्यक्रम हेर्दै हुनुहुन्छ होला । एउटा अमानविय घटनाको साक्षी, मुकदर्शक बनेर बस्नुहुने तपाईहरु जति लुगा लगाए पनि नांगिनु भयो ।

एउटा फुस्रे बाबा भनाउँदो पाषण हृदयी, दानवले तपाईहरुको छाती माथी ताण्डब नाच्दै एक निर्दोष चेलिलाई कुटिरह्यो तर तपाईहरुलाई त्यो केवल मनोरञ्जनात्मक सिनेमा जस्तो मात्र भएछ ।

दुख त यसमा लागेको छ २ पैसे फुस्रे ढोंगीलाई समातिसकेपछि छुटाउन भनेर केही ठालुहरु नै पुगेछन् । बोक्सीको आरोपमा कुटपिट गरेको केसलाई मिलाउन खोज्ने प्रहरी, मुखमा भोटे ताल्चा ठोकेर चुप लाग्ने जनप्रतिनीधि र नगरको चोकमा एक ढोंगीले महिलालाई मरुन्जेल कुटेको हेर्ने समाजका मानिसहरु विरुद्ध धिकार्ने शब्द बनेको छैन ।

उतm घटनाको भिडियो सार्वजनितक भएको छ, जसमा तमासेहरु पनि देखिन्छन् । कुटपिट गर्ने दोषीलाई सायद कारवाही होला तर हेर्ने रमितेलाई पनि कारवाही कही न केही गरियोस् ।

हत्या, बलत्कार बोक्सी काण्डका मतियारहरु जो सुकै हुन्, तिनले उन्मक्ति पाउन हिंस्रक जनावर गाँउमा पस्नु जस्तै हो । घोडाघोडी नगरपालिकाबासीले मात्र होइन, सिंगो राष्ट्रले शिर निहुराउन पर्ने दृश्य नारी दिवसकै दिन देखीयो ।घोडाघोडी नगरपालिकाका मानिसहरुले के गर्छन् थाहा छैन

तर एउटी किशोरी माथी भएको यो दर्दनाक भिडियो हेरिसकेपछि यही समाजको संचारकर्मीको भएको नाताले म लाजले यो शिर निहुराउँछु र शुरु गर्छु जनताको चासो गुनासो र प्रश्न सहितको कार्यक्रम सिधाकुरा जनतासँगमा हेर्नुस भिडियो । स्रोत:सिधाकुरा

Similiar Post