विमान दुर्घटनामा परेर भाग्यले बाँचेकी पाईलट अनिता भन्छिन “फेरी जहाज उडाउँछु”-हेर्नुहोस पुरा समाचार

विमान दुर्घटनामा परेर भाग्यले बाँचेकी पाईलट अनिता भन्छिन “फेरी जहाज उडाउँछु”-हेर्नुहोस पुरा समाचार

श्रावण १, २०७४- चार वर्षदेखि नेपाली सेनाको ‘नेपाल आर्मी ४८’ कलसाइन रहेको स्काई ट्रक उडाइरहेकी कोपाइलट मेजर (सेनानी) ३२ वर्षीया अनिता आलेमगरका लागि गएको जेठ १६ कालो दिन बनेर आयो । हुम्लामा चामल ढुवानी गरिरहेका थिए, जहाजका क्याप्टेन महासेनानी कैलाश गुरुङ र कोपाइलट अनिता । त्यही दिन तेस्रो उडान भर्दै गर्दा एकाएक सिमकोटको मौसम प्रतिकूल भएको खबर पाए ।

तत्कालै नजिकैको बाजुरास्थित कोल्टी विमानस्थलतर्फ मोडिए । अमेरिकाको टेक्सासबाट पाइलट कोर्स गरेर ६ वर्षअघि नेपाली सेनामा सहायक सेनानी पदबाट जागिर सुरु गरेकी अनिता मात्र होइन, गुरुङका लागि पनि कोल्टी विमानस्थलको धावनमार्ग नौलो थियो । जहाज अवतरण के हुँदै थियो, पाङ्ग्राले धावनमार्गको टचडाउन मार्क नटेकेर आधा भाग माथि नै ल्यान्डिङ गियर राख्न पुग्यो । प्रत्यक्षदर्शीका अनुसार जहाज सीधै तारजाली उछिन्दै करिब ६० मिटर पर उछिट्टियो र उत्तानो पल्टियो ।

क्याप्टेन गुरुङको जहाजभित्रै ज्यान गयो । बेहोस भएकी कोपाइलट अनितालाई भने कोल्टीस्थित सेना, प्रहरी र स्थानीयले गम्भीर अवस्थामा उद्धार गरे र बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए । प्राय: अहेव र अनमीहरूको भरमा रहने स्वास्थ्य केन्द्रमा त्यस दिन संयोगले डाक्टर भेटिए । विकट क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न जिल्लाबाट हिँडदै गरेका डा. रूपचन्द्र विश्वकर्मा कोल्टीमै थिए ।

गम्भीर अवस्थामा रहेकी अनितालाई डा. विश्वकर्माले आपतकालीन उपचार गर्दै प्रविधिविहीन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नअल्मलिई जतिसक्यो चाँडो नेपालगन्ज पुर्‍याउने जोखिमयुक्त निर्णय लिए । उनले उडानकै क्रममा अनिताका घुँडाको ठूल्ठूला घाउमा टाँका लगाउन भ्याए । अक्सिजनलगायत आपतकालीन औषधि जहाजभित्रै दिएर अनितालाई जीवितै नेपालगन्ज पुर्‍याउन सफल भए । अनितालाई तत्काल नेपालगन्ज पुर्‍याउन सक्नु पनि सुखद संयोगै थियो । गोमा, सीता र सेनाको स्काई ट्रक सँगसँगै उडिरहेका थिए ।

सिमकोटको मौसम बिग्रेको जनाउपछि गोमाका दुइटा विमान नेपालगन्ज फर्केका थिए भने सीता र सैनिक विमान सिमकोट–नेपालगन्जको हवाई रुटमै पर्ने कोल्टीतर्फ डाइभर्ट भएका थिए । क्याप्टेन कैलाशले केहीबेर होल्ड गरेका भए पनि पछि उनीसमेत सीतासँगै कोल्टीतर्फ मोडिएका थिए । सीताको विमान कोल्टीमा अवतरण भएको करिब दुई मिनेटपछि सेनाको स्काई ट्रक अवतरणका लागि धावनमार्ग आइपुगेको थियो । तर टचडाउन मार्क (पहिलो पटक पाङ्ग्रा टेक्ने रेखा) भन्दा धेरै अगाडि टेक्न पुग्दा विमानले नियन्त्रण गुमाएको थियो । ‘घटनाका बेला सीता एयरको जहाज त्यहीँ नभएको भए उहाँलाई जीवितै नेपालगन्ज

पुर्‍याउन मुस्किल थियो,’ डा. विश्वकर्माले महिना दिनअघिको घटना सम्झँदै भने । त्यसपछि अनितालाई नेपालगन्ज शिक्षण अस्पतालको भेन्टिलेटर हुँदै काठमाडौंस्थित ग्रान्डी अस्पताल पुर्‍याइएको थियो । ग्रान्डीमा एक महिना तीन दिनको सघन उपचारपछि अनिता यसै साता डिस्चार्ज भएकी छन् । बिहीबार अपराहन ललितपुरस्थित अनिताको घर पुग्दा उनी स्टिलको सहारामा भित्री कोठाबाट आफंै हिँडेर बैठक कोठासम्म आइन् । भलाकुसारी गरिन् । घाँटी, पेट र खुट्टाका विभिन्न ठाउँमा मेजर अप्रेसन भएको छ । घाँटी राम्ररी घुमाउन सक्दिनन् ।

gorkhali khabar

Similiar Post