आफ्नो बिमान दुर्घटनाको सम्बन्धमा यूएस बंगलाले विमानस्थलको टावरमा बस्ने कर्मचारीलाई लगायो यति ठुलो आरोप, आखिर के हो सत्यतथ्य ?

फागुन ३० काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनामा परेको यूएस बंगला विमान सेवा प्रदायक संस्था यूएस बंगला समूहले आफ्नो विमान दुर्घटनामा विमानस्थलको टावरमा बस्ने कर्मचारीको गलत सूचना नै प्रमुख कारक रहेको आरोप लगाएको छ । उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलको गम्भीर लापर्बाहीका कारण आफ्नो विमान दुर्घटनामा परेको दाबीसमेत नेपाली पक्षलाई गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी र बंगलादेशी प्रतिनिधिहरूबीच मंगलबार साँझ ललितपुरको हिमालयन होटल र काठमाडौंको याक एन्ड यती होटलमा विमान दुर्घटनाबारे भएका दुई छुट्टाछुट्टै छलफलमा यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इमरान असिफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलका कर्मचारीको लापर्बाहीका कारण आफ्नो विमान दुर्घटनामा परेको दाबी गरेका हुन् ।सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाबारे जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल नेपाल आइसकेको छ । मंगलबार दिउँसो काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलले विमान दुर्घटना र आफ्ना नागरिकको अवस्थाबारे जानकारीसमेत लिएको छ । सरकारी प्रतिनिधिमण्डलसँगै यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इमरान असिफल, दुर्घटनामा मृत्यु र घाइते भएकाका आफन्त पनि आएका छन् । प्रतिनिधिमण्डलमा बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसहित छन् ।
छलफलका क्रममा यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० इमरान असिफले दाबीका साथ भने, ‘हाम्रो विमानमा कुनै खराबी थिएन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एटीसीका कर्मचारीले चालकलाई कन्प्mयुज पार्ने सूचना दिएकाले दुर्घटना भएको हो ।’
उनले ढाकाबाट विमान उडाएर ल्याएका चालक अबिद सुल्तान यसअघि नेपाल उडानमा लामो अनुभव बटुलेका चालक भएको भन्दै उनीबाट कुनै गल्ती हुनै नसक्ने जिकिरसमेत गरे ।

‘दुर्घटनामा परेको विमानमा कुनै खराबी पनि थिएन, चालक पनि अनुभवी थिए, काठमाडौं टावरका एटीसीका अधिकारीले गलत सिग्नल दिएपछि चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने थाहा नपाएर दुर्घटना हुन पुग्यो,’ उनले भने ।
विमान दुर्घटनामा चालक दलका चार सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजेन्द्रकुमार क्षत्रीले विमान दुर्घटनालगत्तै गरेको पत्रकार सम्मेलनमा विमान दुर्घटनामा चालक दोषी रहेको आरोप लगाएका थिए ।
उनले भनेका थिए, ‘यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा चालक नै प्रमुख दोषी रहेको देखिन्छ, चालकले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको हाम्रो निष्कर्ष रहेको छ, हामीले चालकलाई विमानस्थलको दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिएका थियौं तर, चालकले हाम्रो कुरा सुनेनन् र चालक अटेरी भएकाले नै यति ठूलो दुर्घटना हुन पुगेको हो ।’
सो विमान बंगलादेशको विमान सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सन् २०१० मा स्थापना भएको सो वायु सेवा प्रदायक कम्पनीले सन् २०१४ देखि सेवा सुरु गरेको थियो । आन्तरिक उडानबाट सेवा सुरु गरेको सो वायु सेवा प्रदायकले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । सातामा चार दिन काठमाडौंमा उडान गर्ने सो वायु सेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायु सेवा प्रदायकमा गनिन्छ । सो विमान कम्पनीले बंगलादेशको आन्तरिक उडानका अतिरिक्त नेपाल, भारत, मलेसिया, ओमान, कतार, सिंगापुर र थाइल्यान्डमा उडान भर्दै आएको छ ।

dhankuta khabar

Similiar Post