माथिभरा माताले सबैको मनोकामना पूरा गरुन्, तपाईको आजको राशिफल : २०७५ साल जेठ जेठ २६ गते शनिबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२६गते शनिबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून९ तारिक अधिक ज्येष्ठकृष्णपक्ष दशमी तिथि विहान ८ वजेर ४१ मिनेटसम्म,रेवतीनक्षत्र साँझ७÷५० वजेसम्म,सौभाग्ययोग,भद्राकरण,आनन्दादियोग धाता,सूर्य वृष राशीमा,चन्द्रमा साँझ ७÷५० वजेसम्म मीन उप्रान्त मेष राशीमा । ॐः–राहुकालः–विहान८÷३६वजेबाट १०÷२०वजेसम्म रहनेछ,यमघण्टायोगः– अपरान्ह १÷४९ वजेबाट ३÷३३वजेसम्म रहनेछ, दूरमुहूर्तः–विहान ७÷१ वजेबाट७÷५७ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३७ वजेबाट मध्यान्ह १२÷३३वजेसम्म रहनेछ,गुली कालः–विहान५÷९वजेबाट ६÷५४वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।गण्ड मूलअहोरात्र, पंचक साँझ ७÷५० वजेसम्म दक्षिण यात्रा वर्जित छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५२ वजेसम्म कालवेला,६÷५२ वजेदेखि ८÷३६वजेसम्म शुभवेला,८÷३६ देखि १०÷१९ वजेसम्म रोगवेला,१०÷१९ देखि १२÷३ वजेसम्म उद्वेग वेला,१२÷३ देखि १÷४६ वजेसम्म चरवेला,१÷४६ देखि ३÷३० वजेसम्म लाभवेला,३÷३० देखि ५÷१३ वजेसम्म अमृतवेलार ५÷१३ वजे देखि सूर्यास्तसम्म कालवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷१४ वजेसम्म लाभवेला,८÷१४ वजेदेखि ९÷३० वजेसम्म उद्वेग वेला,९÷३० देखि १०÷४७वजेसम्म शुभ वेला,१०÷४७ देखि १२÷३ वजेसम्म अमृत वेला,१२÷३ देखि १÷२० वजेसम्म चरवेला,१÷२० देखि २÷३६वजेसम्म रोगवेला,२÷३६ वजे देखि ३÷५३ वजेसम्म काल र ३÷५३वजे देखि सूर्योदयसम्म लाभवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेषः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । साँझपख समयमा सामान्य सुधार आउनेछ । गतिरोधको अन्त्य हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

बृष

वृषः– दिन सामान्य अनुकुल देखिन्छ । समयमा कार्य क्षेत्रमा प्रवेश गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख समय प्रतिकुल हुनेछ । मन चञ्चल हुनेछ । काम गरेर जश पाईने छैन ।

मिथुन

मिथुनः–आफन्तको सहयोगमा धेरै काम हुनेछन् । अपरान्ह पछिको समय बढि अनुकुल हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।अग्नि तत्व प्रधान कार्यमा लगानी नगर्नु होला ।

कर्कट

कर्कटः–समयमा पूर्ण सुधार देखिन्न । काममा अलमल बढि हुनेछ । अरुको उपकारमा आफ्नो भविष्य देखिनेछ । यात्राको योग देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ ।

सिंह

सिंहः– समयले कम साथ दिनेछ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । व्यापार व्यवसाय मन्द रहला । विश्वास टुट्नेछ ।

कन्या

कन्याः– आज गरेका अधिकाँश काम सफल हुनेछ । व्यापार व्यवसायबाट सामान्य आय होला । रजोगुण बढ्नेछ । ढिला सुस्ति गरेर काम नगर्नु होला अवसर फुत्किनेछ । साँझपख मानसिक तनाव बढ्नेछ ।

तुला

तुलाः– समयको गति सगै सुधारका संके्त देखिनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । सहयोग लिएर काम गर्ने वातावरण हुने छैन । गोपनियता अप्नाई गरेका कामबाट बढि उपलब्धि हासिल हुनेछ ।

बृश्चिक

वृश्चिकः–आफुमा भएको उर्जाको सहि प्रयोग गर्न सके सफलताका सिढि चढ्नलाई कुनै समस्या पर्ने छैन । काम गर्दा अरुको मुख नताक्नु होला । सुख,शान्ति कम मिल्ने छ । विश्वास गरेकाले धोका दिन सक्छन् ।

धनु

धनुः– श्रमको मुल्य उठाउन सकिने छैन । काममा अनेक खालका समस्या आउने छन् । चित्त शान्ति र मन स्थिर रहने छैन । व्यापार व्यवसायबाट लगानी उठाउन सकिने छैन । खर्च बढ्नेछ ।

मकर

मकरः– हतारमा,भावनामा वगेर कुनै निर्णय,काम नगर्नु होला । लगनशिल भई समयमा गरेका काम सफल हुनेछन् । काम गर्दा अरुको मुख नताक्नु होला । साँझपख खर्च बढ्नेछ ।

कुम्भ

कुम्भः–समय सुधारोन्मुख देखिन्छ । आर्थिक कारोवारमा ध्यान दिनुहोला । भएको संरचनालाई नविग्रिन गरि काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापारमा विस्तारै सुधार आउनेछ ।

मीन

मिनः–काम गर्ने उत्साहा घट्ने छैन । आर्थिक व्यवस्थापनमा जोड दिनुहोला । भोग विलासिता बढ्नेछ । लगानी अनुसार व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । सहयोग अल्प मिल्नेछ ।
taja khabar

Similiar Post