आजको राशिफल : २०७५ साल जेठ २८ गते सोमबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२८गते सोमबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून११ तारिक अधिक ज्येष्ठकृष्णपक्ष द्वादशी तिथि विहान ७वजेर १२ मिनेटसम्म, भरुणी नक्षत्र साँझ७ वजेर २४मिनेटसम्म,अतिगण्डयोग,तैतिलकरण,आनन्दादियोग चर,सूर्य वृष राशीमा,चन्द्रमा राती १ वजेर १३ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा । ॐः–राहुकालः–विहान६÷५४वजेबाट८÷३८वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान १०÷२१ वजेबाट मध्यान्ह १२÷५ वजेसम्म रहनेछ, दूरमुहूर्तः–मध्यान्ह १२÷३३ वजेबाट अपरान्ह१÷२८ वजेसम्म र ३÷१९ वजेबाट ४÷१५ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३८ वजेबाट मध्यान्ह १२÷३३वजेसम्म रहनेछ,गुली कालः–अपरान्ह१÷४९वजेबाट ३÷३३वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५२ वजेसम्म अमृतवेला,६÷५२ वजेदेखि ८÷३६वजेसम्म काल वेला,८÷३६ देखि १०÷१९ वजेसम्म शुभ वेला,१०÷१९ देखि १२÷३ वजेसम्म रोग वेला,१२÷३ देखि १÷४६ वजेसम्म उद्वेगवेला,१÷४६ देखि ३÷३० वजेसम्म चरवेला,३÷३० देखि ५÷१३ वजेसम्म लाभवेलार ५÷१३ वजे देखि सूर्यास्तसम्म अमृतवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷१४ वजेसम्म चरवेला,८÷१४ वजेदेखि ९÷३० वजेसम्म रोग वेला,९÷३० देखि १०÷४७वजेसम्म कालवेला,१०÷४७ देखि १२÷३ वजेसम्म लाभ वेला,१२÷३ देखि १÷२० वजेसम्म उद्वेगवेला,१÷२० देखि २÷३६वजेसम्म शुभवेला,२÷३६ वजे देखि ३÷५३ वजेसम्म अमृत र ३÷५३वजे देखि सूर्योदयसम्म चरवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समस्या समाधान भएर जानेछन् । अर्थ व्यवस्थामा सुधार आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । काम गर्ने जोश जागर पनि बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला ।

बृष

वृषः– दैनिक काममा अवरोध आउने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काम गरेर जश पाईने छैन । विश्वास र भरोसा टुट्नेछ । अनावस्यक खर्च वृद्धिले आर्थिक संकट निम्त्याउनेछ ।

मिथुन

मिथुनः– समयको महत्व वुझेर काम गर्नु होला । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्ला । आफन्तजनबाट सहयोग पाईनेछ ।

कर्कट

कर्कटः– उत्साहित भएर काम गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । आफन्तबाट सहयोग पाईनेछ । उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इज्जत प्रतिष्ठा पनि बढ्नेछ ।

सिंह

सिंहः– आत्म विश्वास बढ्नेछ । राज्यसँग सरोकार रहेका काम बढि झन्झटिला हुनेछन् । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । यात्राको योग देखिन्छ ।

कन्या

कन्याः– दिन प्रतिकुल देखिन्छ । बन्न लागेका काम विग्रिन सक्छन्,समयमा नै होशियार रहनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक तनाव बढ्नेछ । अशुभ समाचार सुन्नु पर्नेछ ।

तुला

तुलाः– काममा कत्ति पनि विलम्ब नगर्नु होला । समयले साथ दिनेछ । नयाँ कामको अवसर आउनेछ । प्रेमिकाबाट सहयोग पाईनेछ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ ।

बृश्चिक

वृश्चिकः– सामान्य खटाईले काम बन्ने छैनन । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । मेहनतपूर्व गरेका काम सफल हुनेछन् । खेलाडी,कला सहित्य,वास्तुकला तथा निर्माण व्यवसायिको लागि दिन उत्तम देखिन्छ ।

धनु

धनुः– विना तयारी काममा जादा उपलब्धि शून्य जस्तै हुनेछ । भ्रमबाट बच्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । यान्त्रिक काम विग्रिने छन् ।

मकर

मकरः– आलस्यता र परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । काम गरेर जश पाईने छैन् । खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ । समस्या बढ्ने छन् ।

कुम्भ

कुम्भः– समयले साथ दिनेछ पुर्ण सदुपयोग गर्नु होला । कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

मीन

मिनः– धन लिदा दिदा विचार पु¥याउनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । विश्वास र भरोसा कम गर्नु होला । आफन्तले धोका दिन सक्छन् । प्राविधिक कामबाट लाभान्वित हुनुहुनेछ ।

Similiar Post