दिदिहरुसंग सुतिरहेको १२ बर्षीय बालकको अपहरणपछि हात,खुटा भाँचेर, करंगहरु भाँचेर,शरीरमा करेन्ट लगाएर आँखा फुटाएर अन्तिममा कन्चटमा गोली हानी निर्मम हत्या, हत्यामा संलग्न वडाध्यक्ष नै पक्राउ (भिडियो सहित)

दिदिहरुसंग सुतिरहेको १२ बर्षीय बालकको अपहरणपछि हात,खुटा भाँचेर, करंगहरु भाँचेर,शरीरमा करेन्ट लगाएर आँखा फुटाएर अन्तिममा कन्चटमा गोली हानी निर्मम हत्या, हत्यामा संलग्न वडाध्यक्ष नै पक्राउ (भिडियो सहित)

रौतहट । रौतहटमा १२ बर्षिय शनिदेवल शाहको अपहरणपछि निर्मम हत्या भएको छ ।

जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ का दिलिप शाहका १२ बर्षीय शनिदेवल शाहको गत शनिबार राति हत्या भएको हो । आफ्नो कलिलो छोराको निर्मम हत्यापछि परिवारमा रुवाबासी चलेको छ । परिवारले अपहरणपछि हत्या गर्ने अपराधीलाई हदैसम्मको सजायको माग गर्नु भएको छ ।

दिदिहरु संग सुतिरहेको बालकलाई ओछ्यानबाट उठाएर गाउँभन्दा निकै टाढा बागमती नदीको सुनसान स्थानमा राखेर अपहरणकारीहरुले हात–खुटा भाँचेको, छातीको करंगहरु भाँच्नुको साथै शरीरको विभिन्न भागमा करेन्ट लगाएर आँखा फुटाएर कन्चटमा गोली हानी निर्मम हत्या गरेको अवास्थामा शव फेला फरेको थियो ।

हत्याको आरोपमा प्रहरीले वडाध्यक्ष रामअज्ञासहित उनका भाइहरु रामबाबु, लालबाबु, शक्ति यादव, बृन्दावन नपाको आकडपाकर टोलका रवी पटेल, विनोद पटेल, स्थानीय डुमरियाकै प्रविण यादव, सुनिल यादवसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

श्रीमानको लिङ्ग काट्ने महिलाले प्रहरी चौकीमा दिईन यस्तो अच्चमको बयान !

काठमाण्डौ – आफ्ना बालबच्चाकै अगाडि श्रीमानले मदिरा खाएर आवेगमा बलात्कार गर्न खोजेपछि भारतकी एक महिलाले श्रीमानको लिङ्ग नै काटिदिएकी छिन् । आफूलाई मातेर अति गर्न खोजेपछि त्यसो गर्नुपरेको उनले प्रहरीसामु बयान दिएकी छिन् । उनीविरुद्ध प्रहरीले हत्याको अभियोगमा मुद्दा चलाएको छ ।

उनले भान्साको चक्कुले श्रीमानको लिङ्ग काटेको प्रहरीसामु बताइन् । यो भारतको तेलांगना राज्यको समाचार हो । महिलाको नाम गोप्य राखिए पनि उनको श्रीमान् ४० वर्षीय रविन्द्र रहेका छन् । उनी अहिले अस्पतालमा छन् । यद्यपि शल्यचिकित्सकहरुले उक्त काटिएको लिङ्ग जोड्न सक्छन् कि सक्दैनन् यसै भन्न सकिने अवस्थामा नरहेको बताइएको छ ।

महिलाका पति रविन्द्र मदिरा पिएर घर आएको दिन जहिल्यै श्रीमानश्रीमतीबीच झगडा पर्ने गरेको उनका छिमेकीहरुले बताएका छन् । रविन्द्रको अहिले जमिकुन्तामा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आफूविरुद्ध हत्याको मुद्दा दर्ता गरे पनि श्रीमतीले भने आत्मरक्षाको लागि त्यसो गर्नुपरेको जिकीर गरेकी छिन् ।
gorkhali khabar

Similiar Post