३ दिनमै मात्र ३ सामाग्रीको प्रयोग गरी अनुुहारको चाउरीपना हटाउने निकै सरल उपाय

जवानीको नापतौल अचेल उमेरले होइन, उसको स्वास्थ्यले निर्धारण गर्छ । आफूलाई फिट राख्न सकेर उमेरले ५०को नेटो काटेर पनि जवान देखिने धेरै छन् । त्यस्तो गर्न नसकेर ३०कै छेउछाउमा अनुहारमा चाउरी पार्ने पनि छन् । जवान देखिन छालालाई जवान राख्नुपर्छ । छाला तन्दुरुस्त राखेर जवान देखिने केही सजिला तरिका यसप्रकार छन् ।

१) हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ । छालामा चाउरी नपरोस् भन्नका लागि स्वास्थ्यकर र ताजा खाना खाने गर्नुपर्छ । यसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ ।

२) छालालाई स्वस्थ र जवान राख्न यसलाई पानीले सिञ्चित गरिरहनुपर्छ । शरीरमा पानीको मात्रा कम भयो भने छाला सुक्खा र अनाकर्षक बन्न पुग्छ । छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ । यसरी पानी खानाले छालालाई खराब गर्ने ‘टक्सिन’हरू पसिना र पिसाबबाट बाहिर जाने गर्छन् ।

३)हर्बल र ग्रिन टीमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुन्छ । यसले छालाको बुढ्यौली घटाउने गर्छ

४)कफी पिउने गर्नुभएको छ भने र उमेर घर्किंदै जान थालेको छ भने तुरुन्तै हर्बल र ग्रिन टीको बानी लगानुहोला । कफी र अन्य क्याफिनयुक्त पेय पदार्थले शरीरलाई डिहाइड्रेट गराउँछ । जसकारण अनुहारको चमक हराउन पुग्छ । साथै, कफी खानाले मानसिक तनावसमेत बढ्छ । जसले छालालाई थप बिगार्ने गर्छ ।

५) कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यही भएर कफी बढी खाने मानिस चाँडै बुढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ

६) नियमित व्यायाम गर्नाले मानिस जवान देखिन्छ । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ । यसले शरीरका हरेक कोषिकामा पोषक तत्व पु¥याउने गर्छ । साथै, तीव्र श्वासप्रश्वास र रक्तसञ्चार हुँदा शरीरमा अक्सिजनको इन्टेक पनि बढ्न पुग्छ । यसले छालालाई सुक्खा हुन अथवा चाउरी पर्न दिँदैन ।

७) तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुन्छन् । यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुक्खा हुने लगायत हुन्छन् । तसर्थ, ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले तनावको मात्रा घटाउँछन् । जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला। धन्नेबाद

Similiar Post