एक आँखे बाच्छी भगवानको दुर्लभ अवतार भन्दै दर्शन… [भिडियो सहित]

एजेन्सी- गाईले मात्रै एक आँखा भएको बाच्छीलाई जन्मदिए पछि पूर्वी भारतमा पूजा गर्नेहरुको भिडनै लागेको छ। एउटा मात्र आँखा भएको बाच्छी भगवानको स्वरूप हुने भन्दै पूजा गर्ने र हेर्न आउनेहरुको भिडनै लागेको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार लेखेका छन्।

घटना पश्चिम बंगालको बर्धमान जिल्लाको रहेको छ। शारीरिक दुर्वलता सहित जन्मिएको त्यस बाच्छीलाई स्थानीयहरुले भगवान अवतारको संज्ञा दिंदै पूजा गरेका हुन्।

गर्भमा हुँदा साइक्लोपिया नाम रोगबाट ग्रसित भएको कारण यस्तो जनवार जन्मने पशुविज्ञहरुको भनाइ छ। उनीहरुको अनुसार यस्तो जेनेटिक दुर्वलताको मानिस र जनवार दुवैमा हुन सक्छ।

यस दुर्वलताको कारण गर्भमा हुंदा मस्तिस्क विकासमा असर गर्ने गर्छ। जसको कारण दाहिने र देब्रे मस्तिक छुट्टिएर विकास हुन पाउंदैन। यस्तो अवस्थामा एउटा मात्र आँखा, जोडिएको आँखाको नानि जस्ता दुर्वलताहरु देखा पर्छन्।

मिडियाहरुको अनुसार यस बाच्छीको नाक समेत पूर्ण रुपले विकास भएको छैन। मस्तिस्क समस्या र स्वास-प्रस्वासको कारण यस बाच्छीको छिट्टै मृत्यु हुने विज्ञहरुको दावी छ।

“यो बाच्छीको जन्म भएदेखिनै मेरो घरमा स्थानीयहरुको भिड लागेको छ। पूजा गर्नको लागि स्थानियहरु मात्र नभई टाढा-टाढा देखि पनि मानिसहरु आउन थालेका छन्।” यस बाच्छीका मलिक भन्छन्,” मानिसहरु यो बाच्छीलाई चमत्कार भन्दै निरन्तर पूजा गरिरहेका छन्। “

सामाजिक संजालमा अहिले यस बाच्छीलाई पूजा गरिएको भिडियोहरु देखा परेका छन्।

Similiar Post