सवारीको ठक्करबाट प्रहरी जवानको मृत्यु

जेष्ठ २२, २०७४- इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान मोरङको वेलबारी नगरपालिका ९ वस्ने २६वर्षीय अशोक खवासको सवारीको ठक्करवाट मृत्यु भएको छ ।

गत जेठ १८ गते राति सवा १० वजे उनलाई पूर्ववाट पश्चिमतिर हिंडेको गाडीले मेचीनगर ६ स्थित काली पुलमा ठक्कर दिएको थियो । खवास ड्युटीमा थिए ।

प्रहरी स्रोतका अनुसार डीएसपी दुर्गाराज रेग्मीका वडिगार्ड समेत रहेका खवासको उपचारका क्रममा आज दिउसो २ वजे मृत्यु भएको हो । उनको विर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो ।

प्रहरीका अनुसार सो दिन डीएसपी रेग्मीसहितको टोली ड्युटीका क्रममा थियो । पश्चिमबाट पूर्व आउने क्रममा काली खोलाको पुलको बीच भागमा एक जना व्यक्ति मादक पदार्थ सेवन गरेर लडिरहेको अवस्थामा प्रहरी जवानले उठाएर साइड लगाउन खोजेका थिए । त्यही क्रममा पूर्ववाट पश्चिमतर्फ आएको नम्वर प्लेट नखुलेको सवारीले उनलाई ठक्कर दिएर भागेको थियो । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल वीएण्डसी अस्पताल पुऱ्याइएको थियो  । उनले उपचारकै क्रममा मृत्यु भयो ।

ठक्कर दिएर फरार रहेको सवारीलाई प्रहरीले अझैसम्म पहिचान गर्न सकेको छैन । ‘शंकास्पद सवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ’, प्रहरी स्रोतले भन्यो ।
source-ekantipur

Similiar Post