Author: Admin

भोली वि.सं. २०७५ असोज ५ गते शुक्रबार,यी राशीलाई असाध्यै राम्रो यी राशीलाई ठिकै,पुरा बिबरण हेर्नुहोस

भोली वि.सं. २०७५ असोज ५ गते शुक्रबार,यी राशीलाई असाध्यै राम्रो यी राशीलाई ठिकै,पुरा बिबरण हेर्नुहोस

Posted in राशिफल
वि.सं. २०७५ आश्विन ०५ गते शुक्रबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४३ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, भाद्रपद शुक्लपक्षको द्वादशी तिथि, मध्यरात्रीपछि ०३:०६ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, श्रवण नक्षत्र, साँझ ०५:३१ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, मध्यरात्रीपछि ०५:०४ बजेसम्म, त्यसपछि धृति योग, बब करण, दिउँसो ०२:०४ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, आजको
किवी फलको कथाः कसरी, किन र केका लागि खाने ?

किवी फलको कथाः कसरी, किन र केका लागि खाने ?

Posted in रोचक खबर
केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर-आँगनको फल हो । फल अन्डाकार छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइदिन्छ । तर, यसको गुण स्वादमा मात्र छैन । स्वास्थ्यका लागि पनि अति गुणकारी फल हो, यो । केही वर्षयता नेपालमा किवी फल खेतीतर्फ आकर्षण बढ्दै गएको छ । नेपालमा यसलाई ठेकी, गाईथुने फल, फेमियाल्दाजस्ता नामले पनि चिनिन्छ । विश्वका उत्कृष्ट २७ फलमध्ये किवी एक नम्बरमा पर्ने गर्छ । किविबाट एैँसेलु, भुइएैंसेलु, केरा, भुँईकटहरजस्ता फलफुलको स्वाद लिन सकिन्छ । किवीको कथा यसको बाहिरी झुस न्युजील्यान्डको रास्टि्रय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो । सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्
दर्शकको प्रश्नः युटुबमा ‘छक्का पन्जा २’ कहिले आउँछ ?

दर्शकको प्रश्नः युटुबमा ‘छक्का पन्जा २’ कहिले आउँछ ?

Posted in मनोरंजन
निर्माता तथा कलाकार दिपकराज गिरीले सामाजिक संजालमा कुनै कुरा पोष्ट गरे भने त्यसमा आधा जसो कमेन्टमा एउटै कुरा सोधिन्छ, आखिर युटुबमा ‘छक्का पन्जा २’ कहिले आउँछ ? अहिले विदेशमा बस्ने नेपालीहरुका लागि नेपाली चलचित्र हेर्ने सजिलो माध्यम बनेको छ, युटुब । यसैले पनि हिट भएका चलचित्रको डिमाण्ड युटुबमा सर्वाधिक हुने गर्दछ । हलमा पानी नमागेका नेपाली चलचित्रले युटुबमा लाखौ भ्यूज पाउँदा यसका निर्माता र कलाकार रमाउने गरेका छन् । तर, युटुबमा चलचित्र आउन थालेपछि नै चलचित्र हेर्न हलमा दर्शक जान छाडेको निर्माताले वुझेका छैनन् । युटुबमा जस्तो चलचित्र पनि लाखौ भ्यूजका साथ ट्रेन्डिङको पहिलो स्थानमा रहने तर हलमा दर्शक नआउने, नेपाली चलचित्रको बिडम्बना नै हो यो । गतबर्षको सर्वाधिक हिट चलचित्र ‘छक्का पन्जा २’ अहिलेसम्म युटुबमा सार्वजनिक भएको छैन । दर्शकले यो चलचित्र कहिले युटुबमा आउँछ भनेर प्रश्न ग
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फाेटाे फिचर)

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फाेटाे फिचर)

Posted in समाचार
३ असोज, काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेकाे छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो । समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको थियो ।
माधव नेपाल घाना प्रस्थान, महिनामा ‘एक पटक’ विदेश भ्रमण !

माधव नेपाल घाना प्रस्थान, महिनामा ‘एक पटक’ विदेश भ्रमण !

Posted in समाचार
३ असोज,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमारन नेपाल साताव्यापी अफ्रिका भ्रमणका क्रममा बुधबार घाना प्रस्थान गरेका छन् । स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटासहित तीन सदस्यीय टोलीको नेतृत्व गरेका नेपाल त्यहाँ आयोजना हुने वामपन्थीहरुको अफ्रिकन सम्मेलनमा सहभागी हुनेछन् । सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा हुन लागेको साम्राज्यवाद र पुँजिवाद विरोधी सम्मेलनमा नेकपाको सहभागिता जनाउन नेपाल त्यसतर्फ प्रस्थान गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए । नेपालको टोली २५ सेप्टेम्बरमा नेपाल फर्किनेछ । उनी अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेपाली सम्मेलनमा सहभागी भएर एक साताअघिमात्र स्वदेश फर्किएका थिए । पछिल्लो समय पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता नेपालले विश्वभरका कम्युनिस्ट तथा सामाजवादी पार्टीहरुको सम्पर्क तथ
हङकङका कप्तान भन्छन्ः भारतीय खेलाडी आत्तिइसकेका थिए

हङकङका कप्तान भन्छन्ः भारतीय खेलाडी आत्तिइसकेका थिए

Posted in खेलकुद
एसिया कप अन्तरगत भारत र हङकङविरुद्धको खेललाई ‘मिसम्याच’ मानिएको थियो । बलियो भारतविरुद्ध हङकङले सहजै घुँडा टेक्ने अनुमान धेरैले गरेका थिए । तर, त्यस्तो भएन । भारतलाई जित्न नसके पनि अत्याउन भने सफल भयो हङकङ । दुई सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा एक समय हङकङ विना विकेट क्षति एक सय ७४ रनको अवस्थामा पुगेको थियो । तर, लगातार विकेट गुमाएपछि हङकङ लक्ष्यसम्म पुग्न सकेन । हङकङका कप्तान अंशुमान रथ आफ्नो टिमले म्याच अन्त्य गर्न नसकेकोमा चुक्चुकाएका छन् । तर, भारतजस्तो टिमलाई चुनौति दिएकोमा उनलाई गर्व छ । ‘हामीले विश्वलाई आफ्नो क्षमता देखाउन सफल भयौं,’ उनले भने, ‘तर, खेल जितेको भए त्यसको अर्कै महत्व हुन्थ्यो ।’ उनले पाकिस्तानविरुद्धको खेलमा ब्याट्सम्यानहरु नर्भस भए पनि भारतविरुद्ध खुलेर खेलेको बताए । ‘हामीले गुमाउनु केही थिएन, त्यसैले खुलेर खेल्यौं,’ उनले भने । म्याचमा अशुमानले ७२ रन बन
अरिङ्गालले टोक्दा कांग्रेसलाई औषधि नै हुन्छः योगेश भट्टराई

अरिङ्गालले टोक्दा कांग्रेसलाई औषधि नै हुन्छः योगेश भट्टराई

Posted in समाचार
३ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने टिप्पणी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिङ्गाल बन्न निर्देशन दिएको भन्दै व्यग्य गरेका थिए । जवाफमा भट्टराईले भने अरिङ्गाल कांग्रेसलाई औषधि हुने बताए । ‘कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको छ’ बुधबार राजधानीमा भएको एक कार्यक्रममा भट्टराईले भने, ‘अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुन्छ । त्यसकारण अरिङ्गाल औषधी हो ।’ केहीदिन अघि नेकपाका दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरोधीहरुविरुद्ध अरिङगाल झै जाइलाग्न निर्देशन गरेका थिए । यसलाई लिएर विपक्षी कांग्रेसका नेताहरुले सरकार र सत्तारुढ नेकपामाथि व्याङ्ग्य गर्ने गरेका छन् । नेकपाका नेता भट्ट
एक वर्षको तलव कटाएर एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्षको घोषणा

एक वर्षको तलव कटाएर एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्षको घोषणा

Posted in समाचार
३ असोज, कालीकोट । यहाँको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नो एक वर्षको तलब नलिने घोषणा गरेका छन् । आफ्नो एक वर्षको तलव र अन्यसंघसंस्थाको सहयोगमा गाउँपालकाका लागि एम्बुलेन्स किन्ने घोषणा अध्यक्ष बमले गरेका हुन् । तलब र संघसंस्थाबाट अाएको रकमले एम्बुलेन्स खरिद गर्न अपुग भएको र बाँकी रकमसमेत आफैले सहयोग गर्ने अध्यक्ष बमले घोषणा गरे । विभिन्न संघसंस्था र गाउँपालिकाबाट छुट्याइएको तीन लाख ७८ हजार ७ सय १५ रुपैयाँ छ । प्रदेश सरकारले गाउँपालिका अध्यक्षका लागि तोकेको मासिक पारिश्रमिक तीस हजारका दरले १६ मैनाको चार लाख ८० हजार हुन्छ । यो सहित जम्मा ८ लाख ५८ हजार ७१५ रुपैयाँ जम्मा हुने अध्यक्ष बमले जानकारी दिए । र, बाँकी अपुग रकम पनि आफैले सहयोग गरी एम्बुलेन्स खरिद गरिने उनले बताए । यसअघि यो गाउँपालिकाले श्रम दल गठन गरी गाउँपालिका भित्रका युवाहरूलार्इ रोजगार दिएको थियो भने उच्चमा
एक तस्वीरः जसले धेरैलाई रुवायो

एक तस्वीरः जसले धेरैलाई रुवायो

Posted in समाचार
काठमाडौं । दिल्लीमा एक पटक फेरि नाली सफा गर्ने क्रममा एक जनाको ज्यान गएको छ । ३७ वर्षका अनिल पश्चिमी डाबरी इलाकामा रानी र तीन सन्तानका साथ भाडाको कोठामा बस्थे । १४ सेप्टम्बरको साझ छिमेकका एक व्यक्तिले अनिललाई नाला सफा गर्न बोलाए । जब अनिल ढलको नालीभित्र पसे, उनको कम्बरमा बाँधिएको डोरी चुँड्यो र २० फिट गहिरो नालीमा खसे । उनलाई निकालेर तत्काल अस्पताल लगिएपनि बचाउन सकिएन । ९ तारिखमा पनि ५ जनाको मृत्यु भएको थियो । यसरी मृत्यु भएका घटना सरकार र निजी कम्पनी जवाफदेही हुँदैन । यो पटक भने अनिलको परिवारलाई सहयोग गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरु जुटेका छन् । अनिलको परिवारको अवस्था यति कमजोर छ कि उनीहरुसँग अनिलको दाहासंस्कार समेत पैसा छैन । तर, क्राउडफण्डिङबाट अहिलेसम्म झण्डै ५० लाख उठेको छ । त्यसक्रममा प्रयोग गरिएको एक तस्वीरले धेरैलाई रुवाएको छ, भावुक बनाएको छ । तस्वीरमा अनिलको
८ वर्षपछि थ्रीस्टार फर्किए अनिल गुरुङ

८ वर्षपछि थ्रीस्टार फर्किए अनिल गुरुङ

Posted in खेलकुद
काठमाडौं । भेट्रान स्ट्राइकर अनिल गुरुङले ८ वर्षपछि थ्रीस्टार क्लबमा फर्किएका छन् । उनले १३ असोजदेखि सुरु हुने ए डिभिजन लिग थ्रीस्टारबाट खेल्ने भएका हुन् । हालै मात्र अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल ७ वर्षदेखि मनाङमा थिए । तर, बुधबार थ्रीस्टारको टिमसँग आवद्ध भएका छन् र अभ्यास गरेका छन् । अनिलसँग थ्रीस्टारमा आउने पक्का भएको तर, औपचारिक सम्झौता हुन बाँकी रहेको बताइएको छ । साहारा क्लब पोखराबाट व्यवसायिक फुटबल करियर सुरु गरेका अनिलले २००५ मा थ्रीटारबाट खेलेका थिए । २००९-१० को सिजन सिलोङबाट पनि खेले । - From : Onlinekhabar