समाचार

फरार एसएसपी खत्रीसहित सुन तस्करीमा संलग्न ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी

फरार एसएसपी खत्रीसहित सुन तस्करीमा संलग्न ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी

Posted in समाचार
काठमाडौं । अनुसन्धान समितिले काम थाल्ने वित्तीकै फरार रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ ।उनीहरु ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले रेड कर्नर नोटिस जारी गर्न लागकेो हो । ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरेलार्य प्रहरीले पक्राउ गरेपछि घटनाका थप रहस्यमय पाटाहरु खुल्दै जान थालेका छन् । गोरेले बयानका क्रममा एसएसपी खत्रीलाई पक्राउ गरे घटनाको सबै रहस्य थाहा हुने भन्दै प्रहरी समक्ष बयान दिएका छन् । गोरेको बयानका आधारमा साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, ह
जुवाखालबाट टीका पुन सहित १४ पक्राउ, सादा पोशाकमा प्रहरी परिचालन गरी जुवाडेलाई यसरी नियन्त्रणमा लिइयो

जुवाखालबाट टीका पुन सहित १४ पक्राउ, सादा पोशाकमा प्रहरी परिचालन गरी जुवाडेलाई यसरी नियन्त्रणमा लिइयो

Posted in समाचार
म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी, बेनपा–८, को पिपलचोकस्थित ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, मनोज पुन र टीका पुन (महिला) रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक क्षेत्रीले बेनपा–९, गलेश्वर बस्ने केन कार्कीको घरबाट खड्कबहादुर गर्ब
प्रहरी हवल्दारकी श्रीमती प्रहरी कार्यालयको क्यान्टिनमै झुण्डएको अवस्थामा फेला

प्रहरी हवल्दारकी श्रीमती प्रहरी कार्यालयको क्यान्टिनमै झुण्डएको अवस्थामा फेला

Posted in समाचार
गुलरिया – आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभएको छ । उनी सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ । श्रेष्ठको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । सिंह ठकुरीले श्रीमती श्रेष्ठलाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्नेगरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेक
‘गोरे’लाई सिधाकुरा: ‘सबैको नाम मात्र खोलिदेउ, इतिहासमा सुनकै अक्षरमा तिम्रो नाम लेखिनेछ’

‘गोरे’लाई सिधाकुरा: ‘सबैको नाम मात्र खोलिदेउ, इतिहासमा सुनकै अक्षरमा तिम्रो नाम लेखिनेछ’

Posted in समाचार
३३ किलो सुन प्रकरणले नयाँ मोड लिएको छ । गृह मन्त्रालयले बनाएको समितिले हालसम्म गरेका कामलाई अपजस दिन खोजेको होइन तर भुरा माछाहरु मात्र समातेर, ३३ किलो होइन ३८ क्वीन्टल सुन भित्र्याउने गिरोहले ऐया पनि भन्दैन ।टिआइए, भन्सार, प्रहरी, व्यापारी, तस्कर, गुण्डा र राजीतिज्ञहरुको मिलेमतो विना यति धेरै सुन कसरी भित्रिन्छ ? पक्राउ परेका होइनन् आत्म समर्पण गरेका गोरेले ज्यानको सुरक्षा यस कारण पनि मागेका हुन् कि यो गिरोहमा यस्ता मानिस पनि छन् जसले आफ्नो पोल नखुलोस् भन्नका लागि जसलाई जे पनि गरिदिन सक्छन् । थाहा छैन गृह मन्त्रालयका सहसचिवस्तरको नेतृत्वले कुन लेवलसम्मको पर्दाफास गर्ने आँट गर्छन् तर गोरेको हाउभाउ र बडिल्याङ्ग्युजले स्पष्ट बताइरहेको छ कि यसमा धेरै ठुला मानिसको हात छ । सारा दुनियाँ गोरे गोरे भनिरहेको बेला दुवईमा होटल खोलेर बसेका, रेष्टुरेण्ट खालेर बसेका र ४÷५ बर्षमा नै धनाढ्य भएका यि
सरकारले ल्यायो नयाँ नियम : अब ८ कक्षा पास नगरे अयोग्य !

सरकारले ल्यायो नयाँ नियम : अब ८ कक्षा पास नगरे अयोग्य !

Posted in समाचार
काठमाडौँ — सरकारले कुनै पनि सार्वजनिक पदमा रहन कक्षा ८ उत्तीर्ण हुनैपर्ने व्यवस्था गर्न लागेको छ । २०८३ वैशाख १ गतेपछि आधारभूत शिक्षा नलिएका व्यक्ति राज्यले प्रदान गर्ने अवसर लिनसमेत अयोग्य हुनेछन् । शिक्षाको अधिकारसम्बन्धी ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको मस्यौदा सहमतिका लागि कानुन आयोग पठाइएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी वा निजी क्षेत्रमा स्थापित कुनै संस्थाको पदमा निर्वाचित, नियुक्त वा मनोनयन हुन र रोजगारी प्राप्त गर्न अनिवार्य कक्षा ८ पास हुनुपर्ने मस्यौदामा उल्लेख छ । तर, ऐन जारी हुनुअघि नै १४ वर्ष उमेर पूरा भइसकेका व्यक्तिका हकमा यो नियम लागू हुनेछैन । कुनै पनि कम्पनी, फर्म, सहकारी वा गैरसरकारी संस्थाको संस्थापन गर्न, त्यस्तो कम्पनी फर्म वा संस्थाको संस्थापक सेयरधनी, सञ्चालक, सदस्य वा क
साढे ३३ किलो सुन प्रकरणले लियो नयाँ मोड, ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा एमालेका नेता पक्राउ

साढे ३३ किलो सुन प्रकरणले लियो नयाँ मोड, ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा एमालेका नेता पक्राउ

Posted in समाचार
विराटनगर । चर्चित साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा राजनीतिक ब्यक्तिहरु पनि धमाधम पक्राउ पर्न थालेका छन् । यो चर्चित प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट एमाले कार्यकर्ता रेवत आचार्यलाई प्रहरील्े पक्राउ गरेको छ । आचार्यलाई गएराती प्रहरीले पक्राउ गरेको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आचार्य गएको संसदको चुनावमा गोरेसँग सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराउने व्यक्ति हुन् । उनी उर्लाबारीमा सुन ब्यबसायमा संलग्न रहँदै आएका थिए । उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल संचालनमा रहँदै आएको आएको थियो । अचार्यको पक्राउसँगै अन्य नेताहरु पनि मुछिएको आशंका उब्जिएको छ । जुन रहस्य अब धेरै दिन नटिक्ने निश्चित छ । taja khabar
गर्भवती भएको थाहा भएपछि प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद

गर्भवती भएको थाहा भएपछि प्रेमिकाको हत्या गर्ने प्रेमीलाई सर्वस्व सहित जन्मकैद

Posted in समाचार
पर्वत । गर्भवती भएको थाहा भएपछि आफ्नी प्रेमिकाको हत्या गर्ने प्रेमीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । समाचारका अनुसार पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौरका प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले बिहीबार सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो । पराजुलीले बागलुङ्कको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी आफनी प्रेमिका २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालीगण्डकीमा फालेका थिए । प्रेमिका शर्मा गर्भवती भएको थाहा भएपछि २०७४ साल माघ १७ गते नदी किनारमा बोलाएर गर्भपतन गर्न दबाब दिएका थिए । उनले लामो समय देखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै आएका थिए taja khabar
OMG….बिग्रिएको गाडी बनाउन मिस्त्रीको पुग्दा गाडीभित्र देखियो विचित्रको दृष्य

OMG….बिग्रिएको गाडी बनाउन मिस्त्रीको पुग्दा गाडीभित्र देखियो विचित्रको दृष्य

Posted in समाचार
एजेन्सी। अमेरिकाको इलिनोइस सहरमा म्याक ह्यानरी काउन्टी शेरिफ डिर्पाटमेण्ट निर्क चर्चित छ। यही कारण यो क्षेत्रमा शान्ति सुरक्षा कामय विभागले गर्न स्थानीयलाई भर्ना गरिन्छ। तर, केही दिन अगाडि सो विभागका सुरक्षाकर्मीको काहानी निकै चर्चामा रह्यो। ती सुरक्षाकर्मी आफ्नो नाम नबताउने सर्तमा एक अचम्ममा पार्ने घटना सुनाएका छन्। सो घटनाका त्यतिबेला हो जतिबेला आफ्नो बिग्रिएको गाडी बनाउने मेकानिक खोज्न ती सुरक्षाकर्मी बाहिर निस्किएका थिए। ती सुरक्षाकर्मी आफ्नो ड्यूटी गर्न गाडी लिएर गएका थिए। तर गाडीमा सुरुदेखि नै विचित्रको आवाज आउन थाल्यो। त्यसको केही समयपछि गाडीमा अन्य धेरै समस्या पनि देखिन थाल्यो। गाडीलाई रिपेयर गर्न ती सुरक्षाकर्मी जब मेकानिक भएका ठाउँमा गाडी लगे। जब मेकानिकले गाडीको इन्जिनभित्रका तार छरपस्ट थिए। मेकानिक गाडी बनाउँदै थिए इन्जिनभित्र केही पातसमेत देखियो। त्यपछि गाडी खोलियो र
स्कुटरमा हिँडेका आमा, छोरा र हरिलाई मारेर परिवारलाई नै तहस नहस बनाईदिएका ट्रिपर चालक पक्राउ

स्कुटरमा हिँडेका आमा, छोरा र हरिलाई मारेर परिवारलाई नै तहस नहस बनाईदिएका ट्रिपर चालक पक्राउ

Posted in समाचार
नगरकोट – अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चालक सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रसार्इंले बताउनुभयो । काभ्रेबाट काठमाडौँतर्फ आइरहेको बा३ख ६६७४ नंको टिपरले सोही दिशामा आइरहेको बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको थियो । taja khabarमृत्यु हुनेमा भक्तपुर लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवाल, दोलखा मेलुङ घर भई हाल मध्यपुर थिमी–१ बस्ने वर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा १३ वर्षीय अरविन घिमिरे रहेका थिए । 
गोरेले दिए सनसनीपूर्ण बयान, साढे ३३ किलो सुन तस्करी र सनम हत्यामा तानिए पूर्वआइजीपी अर्याल र सशस्त्र प्रहरीका प्रमुख श्रेष्ठ !

गोरेले दिए सनसनीपूर्ण बयान, साढे ३३ किलो सुन तस्करी र सनम हत्यामा तानिए पूर्वआइजीपी अर्याल र सशस्त्र प्रहरीका प्रमुख श्रेष्ठ !

Posted in समाचार
विराटनगर । बहुचर्चित साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणका तत्कालिन नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख पनि मुछिएका छन् । सो काण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती (गोरे)ले जिल्ला अदालत मोरङमा दिएको बयानमा उनले तस्करीको सुन ल्याउन माथिल्लो तहसम्म सेटिङ रहने गरेको बताएका हुन् ।जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा जारी प्रारम्भिक बयानमा उनले नाम उल्लेख नगरी तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठको संलग्नता रहेको खुलाएका हुन् । उनले राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका भुजुङ गुरुङले प्रहरी र शसस्त्रका प्रमुखसँग भनेर विमानस्थलबाट सेटिङ गर्ने गरेको उल्लेख गरेको स्रोतले जानकारी दिएको छ । यद्यपि गोरेले अहिलेसम्म कुनै पनि राजनीतिक दलका नेताको संलग्नता भने नखुलाएको स्रोतका दाबी छ ।उच्चस्रोतले दिएको