समाचार

पाइलटले अटेरी गर्दा दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले गरे खुलासा !!

पाइलटले अटेरी गर्दा दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले गरे खुलासा !!

Posted in समाचार
काठमाडौं – त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्ता विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो। पत्रकार सम्मेलनमा उनले भने(एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए। तर, पाइलटले मानेनन। उत्तरदेखि अवतरण गर्न अनुमति मागे। विमान उत्तर पूर्वतिर गयो। फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर जानकारी गराए। विमान आर्मी ह्याङगरतिर गएर ठोक्कियो। – विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो । – यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो । – पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे । – गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलल
विमान दुर्घटना पछि बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्री ओलीले के भने ?

विमान दुर्घटना पछि बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्री ओलीले के भने ?

Posted in समाचार
काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष आज काठमाडौंमा भएको यूएस बंगलाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गर्नु भएको हो । बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परि ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको बताउनुभयो । त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले यथाशीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिनुभयो । बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएलगत्तै प्रधानमन्त्री ओली
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते

Posted in समाचार
काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । gorkhali khabar
युएस बंगलादेश एयरलाइन्सको विमानमा सवार थिए ३३ नेपाली – नामावली सहित

युएस बंगलादेश एयरलाइन्सको विमानमा सवार थिए ३३ नेपाली – नामावली सहित

Posted in समाचार
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए। ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो। विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ। घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहे
विमान दुर्घटनाको  जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थलमा

विमान दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थलमा

Posted in समाचार
काठमाडौं। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको युएस बंगलाको विमानको जानकारी लिन प्रधानमन्त्री केपी ओली विमानस्थल पुगेका छन्। प्रधानमन्त्री ओलीले विमान दुर्घटना हुनुको कारणका विषयमा चासो राखेका छन्। प्रधानमन्त्रीसँगै गृहमन्त्री रामवहादर थापा पनि विमानस्थल पुगेका छन्। कुल ७१ यात्रु रहेको विमानबाट २४ जनालाई उद्धार गरी राजधानीका विभिन्न अस्पतालमा पठाइएको छ। DCnepal
युएस बंगलाको विमान दुर्घटनाः ३३ जनाको मृत्यु भएको पुष्टि

युएस बंगलाको विमान दुर्घटनाः ३३ जनाको मृत्यु भएको पुष्टि

Posted in समाचार
काठमाडौं। बंगलबादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ३३ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट २५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।  अस्पताल पुर्याइएका ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान सोमबार दिउँसो सवा २ बजे त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा विमान पुर्णतया क्षतिग्रस्त भएको छ। विमानमा सवार २४ जना यात्रुको उद्धार गरिएको छ। उनीहरुलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त विमानमा ४ जना चालक दलका सदस्य र ६७ यात्रु सहित ७१ जना सवार थिए। ती मध्ये ३३ जना नेपाली रहेको विमानस्थलले  जनाएको छ। DCnepal
रोजगारीका लागि यूएई जाने नेपालीले बनाएको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा दुई ट्राभल कम्पनीलाई

रोजगारीका लागि यूएई जाने नेपालीले बनाएको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा दुई ट्राभल कम्पनीलाई

Posted in समाचार
काठमाडौं : रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीले बनाएको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा दुई ट्राभल कम्पनीले पाएका छन्। नेपालस्थित यूएई दूतावासले याक्का ट्राभल एण्ड टुर्स र सीटी एक्सप्रेस ट्राभललाई कामदारको प्रहरी प्रमाणीकरण गर्ने अनुमति दिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। फेब्रुअरी १ देखि यूएई सरकारले नेपालबाट रोजगारीका लागि जाने कामदारसँग प्रहरी प्रतिवेदन अनिवार्य गरेको थियो। नयाँ नियमसँगै कामदारमाथि ४४ सय रुपैयाँ आर्थिक भार थपिएको छ। कामदारको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरिएको थियो। तर १० दिनमै यूएई सरकारले प्रहरी प्रतिवेदन प्रमाणितको जिम्मा दुई वटा ट्राभल कम्पनीलाई दिँदै कामदारमाथि थप एक सय १३ रुपैयाँ भार थपिदिए
कैलाली घटनाको चौथो दिनपछि प्रधानमन्त्री कार्यालय तात्यो, राधाको सम्पूर्ण खर्च सरकारले बेहोर्ने, मेयरलाई समेत कारबाही प्रहरी अधिकृत नै निलम्बित, यस्तो छ पछिल्लो अवस्था

कैलाली घटनाको चौथो दिनपछि प्रधानमन्त्री कार्यालय तात्यो, राधाको सम्पूर्ण खर्च सरकारले बेहोर्ने, मेयरलाई समेत कारबाही प्रहरी अधिकृत नै निलम्बित, यस्तो छ पछिल्लो अवस्था

Posted in समाचार
काठमाडौं, २७ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली घोडाघडी नगरपालिकामा १८ वर्षीया राधा चौधरीमाथि कुटपिट भएको चार दिनपछि मुख खोलेको छ । आइतबार प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक रामशरण बजगाईंले विज्ञप्ति जारी गरी दोषीमाथि तत्काल कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा पीडित राधा चौधरीको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने उल्लेख छ । कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले त्यसै छाडेको भन्नेबारे तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो । फागुन २४ गते कैलालीको घोडाघोडीमा राधा चौधरीलाई बोक्सीको आरोपमा आफूलाई भोलेबाबा बताउने स्थानीय रामबहादुर चौधरीले सार्वजनिक रूपमा ६ घन्टासम्म कुटपिट गरेका थिए । प्रहरीले रामबहादुरलाई पक्राउ गरे पनि उनलाई तत्कालै छाडिएको थि
प्रेम जालमा पारी नेपाली युवतीलाई भारततर्फ लैजादै गर्दा एक भारतीय पक्राउ !!!

प्रेम जालमा पारी नेपाली युवतीलाई भारततर्फ लैजादै गर्दा एक भारतीय पक्राउ !!!

Posted in समाचार
सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीबाट नेपाली चेलीलाई प्रेम जालमा पारेर भारत तर्फ लैजादै गर्दा एक भारतीय लाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतसंग सिमा जोडिएको भाणटावारीको तिनकुनै बाटो हुँदै ताप्लेजुङ जिल्लाको दोभान गाउँपालीका वडा नम्बर २ बस्ने १९ वर्षकी विमला तामाङलाई भारततर्फ लैजादै गर्दा भारतको सुपौल जिल्ला सकुरा ५ बस्ने अनिल चौधरीलाई नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको बिओपी भाणटावारीका प्रमुख गोकर्णराज भट्टराईले जानकारी दिए । दुईजना हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । उनीहरूको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । gorkhali khabar
नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले सताउदै अञ्जली विकलाई उपचारको लागी सहयोगको अपिल

नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले सताउदै अञ्जली विकलाई उपचारको लागी सहयोगको अपिल

Posted in समाचार
बागलुङकी अञ्जली विकलाई अनौटो रोगले मर्नु न बाच्नु बनाएको छ । नेपालका प्राय सबै डक्टरहरुलाई देखाइसकेको बताउने विकले केहि रोग नदेखिएको बताउछिन तर उनको नाक,कान,आँखा र मुख बाट छुरो रगत बग्दछ । रगत बग्ने समयमा उनलाई निकै पिडा समेत हुने गरको हामीलाई सुनाउछिन । बागलुङ बलेवा स्थायी घर भएकी अञ्जली विक अहिले बानपा ४ कुँडुलेमा परिवार सहित बस्छीन । उनका दुई बच्चा छन भने श्रीमान सुन पसलमा सामान्य नोकरी गर्दछन । घर परिवारको समस्या सँगै उनलाई पछिल्लो समय आफ्नो रोगले समेत निकै सताउने गरेको छ । नेपालको कुनै पनि अस्पतालमा उपचार सम्भव नभए पछि भारत जाने तयारीमा रहेकी अञ्जलीलाई आर्थीक समस्या परेको छ । साथै उनले आर्थीक रुपमा सहयोग गर्न समेत सबै माझ अपिल गरेकी छन । विगत बर्ष देश मुखबाट रगत बगिरहेको उनलाई केहि महिना यताबाट मुख,नाक,कान र आँखाबाट समेत रगत बग्न थालेको छ । यो सँगै उनी थप समस्यामा परेकी छन ।