समाचार

मलेसियामा मृत्यु भएका नेपाली कामदारहरुको पहिचान खुलेको छ । मलेसियास्थित नेपाली दूतावासले बुधबार प्रेस वक्त्वय जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको जनाएको छ ।

मलेसियामा मृत्यु भएका नेपाली कामदारहरुको पहिचान खुलेको छ । मलेसियास्थित नेपाली दूतावासले बुधबार प्रेस वक्त्वय जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको जनाएको छ ।

Posted in समाचार
काठमाडौँ — मलेसियामा मृत्यु भएका नेपाली कामदारहरुको पहिचान खुलेको छ । मलेसियास्थित नेपाली दूतावासले बुधबार प्रेस वक्त्वय जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको जनाएको छ । विषाक्त मदिरा सेवनपछि बिरामी भएपछि मलेसियास्थित अस्पतालमा उपचार गराउदै एक नेपाली कामदार । विषाक्त मदिरा सेवनपछि उनीहरुको मृत्यु भएको दूतावासले जनाएको छ। मृत्यु हुनेहरुमा बसेरी-३ धादिङका मिमबहादुर घले, मसिना-६ रुपन्देहीका रामकुमार यादव,अमरगढी-५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा-९ सुनसरीका संजय उराव, सिद्धिथुम्का-९ इलामका बलबहादुर कुलुंग र आइतसिंह गोले रहेका छन्।गोलेको पहिचान एकिन हुन बाँकी रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। घलेको उपचारका क्रममा काजाङ अस्पतालमा मृत्यु भएकोरअन्यको सुंगाइबुलो अस्पतालमा मृत्यु भएको दूतावासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ। विषाक्त मदिरा सेवनपछि बिरामी भएका अन्य १६
संविधान दिवसकै दिन पूर्वराजाको घोषणा : म फेरी राजा बन्छु, हिन्दूराष्ट्र पनि बनाउँछु

संविधान दिवसकै दिन पूर्वराजाको घोषणा : म फेरी राजा बन्छु, हिन्दूराष्ट्र पनि बनाउँछु

Posted in समाचार
काठमाडौं, ३ असोज । निजी भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला थाईल्याण्डको बैंककमा छन् । स्वदेशमा धुमधाम संविधान दिवस मनाईरहँदा पूर्वराजा ज्ञानेन्द्रले भने बैंककमा आयोजित एक भेलालाई सम्बोधन गर्दै आफू पूनः राजा बन्नेसहितको सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् । उनले भारतको लोकसभाको निर्वाचनपछि नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पूर्नस्थापना हुने दाबी गरेका हुन् । यद्धपी उनले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने अहिलेसम्म कुरकानी नभएको स्पष्ट पारेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मोदीजीसँग अहिले मेरो कुरा भएको छैन् ।’ नेपालले तेस्रो संविधान दिवस मनाईरहँदा पूर्वराजा शाहबाट यस्तो अभिव्यक्ति आउनुमा उनी राजसंस्था ब्युँताउने रणनीतिमा रहेको प्रष्ट हुन्छ । उनले आज बैंकमा नेपालीहरु सम्मिलित भेलामा वर्तमान सविधानले जनताको आधारभुत समस्या सम्बोधन गर्न नसकेको गुनासो पो
ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए

ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए

Posted in समाचार
३ असोज, चितवन । नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ । उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए । घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ । यसअघि पनि उनले विद्यार्थीहरुलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरुको भनाइ छ । शिक्षक ओमकुमार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेको पीडित बालकका वुवा
संविधान दिवसमा माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा (फोटो फिचर)

संविधान दिवसमा माइतीघरमा फहराइयो १०० मिटर अग्लो राष्ट्रिय झण्डा (फोटो फिचर)

Posted in समाचार
३ असोज,काठमाडौं । संविधान विसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा गाडिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् । युृवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा तीन टन तौल र १०० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा फहराएका हुन् । झण्डा र पोलको व्यवस्थापन पुरण गिरी र हरिश गौतमले गरेको पौडेलले बताए । यसअघि शहीद दिवसका अवसरमा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवी माधवप्रसाद घिमिरेले फहराएको माइतीघरको राष्ट्रिय झण्डा पछिल्लो समय च्यातिएको थियो ।
ड्राइभरले गाडी चलाउने छाडे, ऐन संशोधन गर्न माग

ड्राइभरले गाडी चलाउने छाडे, ऐन संशोधन गर्न माग

Posted in समाचार
२ असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पूरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसंग आग्रह समेत गरेको छ । समितिका केन्द्रीय संयोजक बसन्त शर्माले मंगलबार विहान बाराको सिमरामा सवारी चालकलाई अपराधी सरह ब्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म गाडी नचलाउने घोषणा गरे । वर्तमान ऐन संशोधन नभएसम्म संघर्ष जारी रहने समितिका सहसंयोजक अर्जुन अधिकारीले बताए । आन्दोलनका क्रममा गाडी चलाउनेहरुलाई कुनै अवरोध नगरिने पनि उनले बताए । मंगलबार विहान बाराको सिमरामा भेला भए
२ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन

२ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन

Posted in समाचार
२ असोज, काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ । अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात साउन १ देखि भदौ मशान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष ३७ प्रतिशतले बढी राजश्व संकलन भएको थियो । भदौ मशान्तसम्मको अवधिमा १ खर्ब ३ अर्ब बजेट खर्च भएको छ । अर्थमन्त्री खतिवडाका अनुसार चालु आर्थिक वर्षको २ महिनामा चालुतर्फ ९६ अर्ब रुपैयाँ बजेट खर्च भएको छ भने पूँजीगततर्फ भने ६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । अघिल्लो वर्ष चालु भन्दा पूँजीगत खर्च धेरै भएको उनले बताए । तर, अघिल्लो वर्षसँग यसवर्ष तुलना भने गर्न नहुने उनको तर्क छ । ‘अघिल्लो वर्ष प्रदेशमा भएको खर्चको तथ्यांक पनि केन्द्रमा नै थियो, यस वर्ष छैन’ उनले भने,
‘लोडसेडिङ हटाएँ, अब विकृति हटाउँछु’

‘लोडसेडिङ हटाएँ, अब विकृति हटाउँछु’

Posted in समाचार
२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले आफ्नो दुईवर्षे कार्यकाल सफल भएको बताएका छन् । अब बाँकी दुई वर्ष प्राधिकरणको आन्तरिक व्यवस्थापनमा सुधार गर्ने घिसिङको योजना छ । ‘विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेको यो दुई वर्षमा मैले जे जति काम अघि बढाउँछु भन्ने थियो, त्यो सोेचेअनुरुप नभए पनि सफलतापूर्वक नै भयो । धेरै कुराको जटिलताको बीचमा जे जति काम अघि बढ्यो, त्यो सफल नै मान्नुपर्छ,’ घिसिङले अनलाइनखबरसँग भने । दुई वर्षको अवधिमा दुईवटा महत्वपूर्ण काम गर्न आफू सफल भएको घिसिङले बताए । उनले भने- ‘यो दुई वर्षमा दुईवटा महत्वपूर्ण काम भएका छन् । एउटा लोडसेडिङको अन्त्य भयो, अर्को प्राधिकरणलाई नाफामा लैजान सकियो । यी दुई कुरा अरुभन्दा ठूला उपलब्धी हुन् । हामीले आउना साथै पनि यही दुईवटा कुरा भनेका थियौं । जुन लक्ष्य एक आर्थिक वर्षमै प्राप्त भयो ।’ घिसिङले आफ
निजगढको जंगलले किन निम्त्यायो विकास र विनाशको विवाद ?

निजगढको जंगलले किन निम्त्यायो विकास र विनाशको विवाद ?

Posted in समाचार
२ असोज, काठमाडौं । सोमबार प्रतिनिधिसभाको बैठकमा बाराबाट निर्वाचित राजपा संसाद एकवाल मियाँले भने-निजगढ विमानस्थलका लागि रुख काटिएवापत बारामै रुख रोप्न सकिने १० गुणा बढी जग्गा छ, त्यहाँ रुख रोपौं । निजगढमा जंगल मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै एकथरी अभियन्ताले विरोधको गरिरहेको र सरकारले एउटा रुख काट्दा २५ वटा नयाँ रुख रोपिने जवाफ दिइरहेका बेला सोही जिल्लाका सांसदको यो प्रस्ताव आफैंमा ‘न्युज मेकर’ हो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको २५ वर्ष पुग्यो । विमानस्थल बनाउने निधो भएको चाहिँ १० वर्ष पुग्यो । विमानस्थलका लागि जग्गा अधिग्रहणदेखि, वातावरणीय प्रभाव मूल्यांकनलगायतका धेरै प्रक्रिया अघि बढेको पनि लामो समय भयो । अहिले सरकारले विमानस्थल निर्माणका लागि आशयपत्र समेत जारी गरेपछि पक्ष र विपक्षमा बहस शुरु भएको छ । सरकार २ लाख ५० हजार रुख काट्नुपर
सफल शल्यक्रियापछि मदनकृष्ण डिस्चार्ज

सफल शल्यक्रियापछि मदनकृष्ण डिस्चार्ज

Posted in समाचार
वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको मष्तिस्कको सफल शल्यक्रिया भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा गत भदौ २८ गते डिप ब्रेन स्टुमुलेसन -डीबीएस) शल्यक्रियापछि उनी घर फर्केका छन् । अस्पतालका डा. रेशा श्रेष्ठ र डा. बसन्त पन्तले शल्यक्रिया गरेका थिए । पार्किन्सन्स रोगबाट पिडित श्रेष्ठको चार वर्षअघि मस्तिष्कको बायाँतर्फ चिप्स राखिएकोमा अहिले शल्यक्रिया गरी दायाँ साइडमा पनि राखिएको हो । अहिले आफ्नो स्वास्थ्यमा केही सुधार आएको श्रेष्ठले जानकारी दिएका छन् । उनको मस्तिष्कको बायाँतर्फ राखिएको चिप्सले शरीरको दायाँ भाग चल्ने गरेको छ । तर वायाँतर्फ पनि समस्या आएपछि अहिले दायाँतर्फ चिप्स राखिएको हो । पार्किन्सन्स नियन्त्रणका लागि उनको दिमागमा राखिएको पेसमेकरमा अर्को तार पनि जोडिएको छ । श्रेष्ठ ९ वर्षदेखि पार्किन्सन्सबाट पिडित छन् । यो शल्यक्रिया मुलुकमै पहिलोपटक श्रेष्ठमा गरिएको बताइएको छ
यातायात व्यवसायीको चेतावनी : इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ गर्दैनौं

यातायात व्यवसायीको चेतावनी : इन्धनको मूल्यवृद्धि फिर्ता नलिए अग्रिम टिकट बुकिङ गर्दैनौं

Posted in समाचार
२ असोज, काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको छ । मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने बताएको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘…मूल्यवृद्धिसम्बन्धी निर्णयलाई नेपाल सरकारले ४८ घण्टाभित्र फिर्ता लिई हिन्दूहरुको महान चाडमा आवतजावत गर्ने उपभोक्ता वर्गलाई सहज रुपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्न यस महासंघ हार्दिक अपिल गर्दछ । साथै उक्त दुबै मूल्यवृद्धि फिर्ता नलिएमा यस महासंघले अग्रिम बुकिङ खुला गर्न बाध्य नहुने व्यहोरा समेत यसै विज्ञप्तिमार्फत नेपाल सरकार लगायत सबै पक्षमा अनुरोध छ ।’ नेपाल आयल निगमले असोज २ गते राति १