समाज

भरखरै विहे गरेर आएकी महिलालाई यसकारण खुट्टामा बाँधेर राखियो

भरखरै विहे गरेर आएकी महिलालाई यसकारण खुट्टामा बाँधेर राखियो

Posted in समाज
विवाहमा रेफ्रिजे्रटर दाइजो नल्याएको आरोपमा एक महिलालाई घरपरिवार मिलेर सास्ती दिएका छन् । भारतको झारखन्ड राज्यमा अवरुण नाम गरेकी महिलालाई पतिसमेत घरका परिवार मिलेर यातना दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती महिलालाई यातना दिने क्रममा दुई वटै खुट्टामा फलामको सिक्रीले बाँधेर राखिएको थियो । उनलाई चार दिनसम्म पति, सासु र ससुराले खानसमेत दिएका थिएनन् । ती महिला भागेर प्रहरीमा उजुरी दिने डरले पतिसहितका घरपरिवारले उनलाई फलामको सिक्रीले बाँधेर ताला लगाउने गरेको प्रहरी भनाइ छ । ती महिालकी आमा आएर प्रहरीमा उजुरी दिएपछि मात्रै उद्दार गरिएको थियो । पीडित महिलाकी आमा नसीबुनका अनुसार उनले छोरीको विहे गरिदिएको एक हप्तामात्रै भएको थियो । यो पनि पढ्नुस : दाइजोका लागि केसम्म गरिनन् यी महिलाले, पुरुष बनेर २ महिलासँग विवाह अवरुण उनका पति रजाबुल अन्सारीले खुसी राख्ने बचन दिएर विहे ग
अर्काको सहायतामा हिँडडूल, आफ्नै पौरखमा गुजारा

अर्काको सहायतामा हिँडडूल, आफ्नै पौरखमा गुजारा

Posted in समाज
काठमाडाैं – सुन्धारा नजिकैको व्यस्त सडकमा पैदल हिँड्नेदेखि सामान किनबेच गर्नेसम्मको घुईंचो छ । यही व्यस्त सडकको एक छेउमा स्याङ्जाकी गीता भुषाल पनि हुनुहुन्छ । शारिरीक रुपमा अशक्त उहाँले बिभिन्न प्रकारका खेलौना तथा उपहारका सामानहरु बेच्नको लागि राख्नुभएको छ । त्यहाँ बेच्न राखिएका सबै सामानहरु उहाँ आफैंले बनाउनुभएको हो । हातले बनाएका खेलौना, पर्स र क्यापहरु बेच्न राखिएका छन् । ऊनबाट बनाइएका यी सामानहरु हेर्दै किनौं किनौं जस्तो लाग्छ । गीता यसरी नै आफैंले बनाएका सामान बेचेर आयआर्जन गर्नुहुन्छ । उहाँलाई लाग्छ, मान्छेको दिमाग मात्र चले पनि मागेर खानु पर्दैन । उहाँ ह्विलचियरको सहायताले हिँडडुल गर्नुहुन्छ । ‘जन्मदै खुट्टामा समस्या थियो रे’, उहाँले भन्नुभयो, ‘दुबै खुट्टा धेरै छोटा भएकाले हिँड्न मिल्दैन, यही ह्विलचियरले सघाएको छ ।’ उहाँलाई ह्विलचिएर चलाउन पनि अरुकै सहायता चाहिन्छ । नियती
यस्तो कसैलाई दुख नपरोस: दुलही भित्र्याउन सिंगारिएको घरबाट शव निकाल्ने तयारी

यस्तो कसैलाई दुख नपरोस: दुलही भित्र्याउन सिंगारिएको घरबाट शव निकाल्ने तयारी

Posted in समाज
बाँकेको समशेरगञ्जस्थित ओभरी गाउँ शोकमा डुबेको छ। बिहेको उत्सवमा रम्नुपर्ने ओभरी गाउँ दुलाहाका बाबुआमासहित ६ जनाको मृत्युको खबरले शोकमा डुबेको हो। बिहीबार बिहानै दाङमा भएको दुर्घटनामा परी चितवनबाट दुलही ल्याएर फर्कदै गर्दा दुलाहाका बाबुआमा र आफन्तसहित ६ जनाको मृत्यु भएको थियो। दुलाहाका बाबु अर्थात् ५३ वर्षीय मानबहादुर केसी राप्ती सोनारी गाउँपालिका वडा नं. ८ स्थित शिव शक्ति मावि तेरानीका शिक्षकसमेत हुन्। केसीले आफ्नो कान्छो छोरा यज्ञबहादुर केसीको बिहेको लागि गाउँभर निम्ता बाँडेका थिए। घरमा बिहेको उत्सवमय वातावरण एकाएक नाटकीय ढंगले शोकमा परिणत भएको हृदयविदारक घटना शब्दमा वर्णन गर्न नसकेको स्थानीय बताउछन् । बिहेको उल्लासमा रमाइरहेका आफन्त, पाहुना र छरछिमेक आँशुमा डुबेको छ । बिहेमा बज्नुपर्ने गीत संगीत र बाजाको ठाउँमा उल्टो शंख फुक्नुपर्ने कारूणिक घटना भएको स्थानीयले बताए। शमशेरग
नेपालीसँग नक्कली बिहे गरेको भन्दै युवतीलाई ५ बर्ष जेल

नेपालीसँग नक्कली बिहे गरेको भन्दै युवतीलाई ५ बर्ष जेल

Posted in समाज
मंसिर २७ – अमेरिकामा बस्दै आएका एक नेपाली युवकसँग नक्कली बिहे गरेकी एक महिलालाई अमेरिकी अदालतले ५ वर्षको जेल तथा २ लाख ५० हजार डलर जरीवानाको सजाय सुनाएको छ। अमेरिकाको मेन राज्यस्थित ह्याम्पदेन सहरमा बस्दै आएको २८ वर्षीय मरिना मुशेरोलाई मेनस्थित जिल्ला अदालतले आर्थिक प्रलोभनका लागि नक्कली बिहे गरेर अमेरिकी अध्यागमन कानुनको उल्लङ्घन गरेकोमा दोषि ठहर गर्दै सो सजाय सुनाएको हो। सरकारी अधिवक्ता हल्से फ्रयांकद्वारा जारी विज्ञप्तिका अनुसार मरिना मुसेरोले आर्थिक रकमका लागि आफू बिहे गर्न तयार भएको जानकारीसहित अनलाइनमा एक विज्ञापन दिएकी थिइन्।जस अनुसार, गत जुन १३ गते एक नेपाली युवकले इच्छा देखाएका थिए। विज्ञप्तिमा ती युवकको नाम खुलाइएको छैन। अमेरिकी ग्रिन कार्ड पाउने आशाका साथ नेपाली युवकले गत जुन २५ गते मुसेरोसँग मैन राज्यको ब्रिवर सहरमा बिहे गरेका थिए। मुशेरोसँग अदालतमा बिहे गरे पन
श्रीमानले छाडे तर भगवानले साथ छाडेनन्…

श्रीमानले छाडे तर भगवानले साथ छाडेनन्…

Posted in समाज
रुपले रुवाउँछ, सीपले खुवाउँछ’ यो उखान नौमूले बजारमा सिलाई कटाई पेशा गर्दै आएकी ३१ वर्षीया पबी गुरुङ्गको जीवनमा चरितार्थ भएको छ ।जवानी फक्रिँदै गरेको बेला १६ वर्षकी छँदा २०६० सालमा गाउँकै सन्तबहादुर लामिछानेसँग पबीकाे विवाह भयो । २०६७ मा श्रीमानले छोडे तर उनलार्इ सिलाइकटाईको सीपले साथ दिएको छ । सन्तबहादुर पबीकाे गाउँकै इष्टमित्रका छोरा हुनुुहुन्थ्यो, पबीकाे पनि बिहे गर्ने मन भयाे, अनि दुवै पक्षका घरपरिवारको सहमतिमा पबी र सन्तबहादुरको विवाह भयो । विवाह भए को पछिल्लो वर्ष २०६१ सालमा पबीका बुवा पदम गुरुङ्गले खर्च ब्यहोरिदिएर सन्तबहादुरलार्इ सेनामा भर्ती गरिदिनुभयो । त्यही वर्ष छोरा सुमनको जन्म भयो । भर्ती भएको अर्को वर्ष सन्तबहादुरले बुटवलकी एक मगर थरकी युवतीलाई श्रीमतीका रुपमा भित्र्याए । श्रीमानले गल्ती गरिहाले पनि पबीले श्रीमानको जागिर जाने र थुनिने अवस्था नहोस् भनेर बहुविवाहको उजु
कस्तो अचम्म : कहाँ हो त्यो ठाउँ जहाँ पुरुष नपाएर अविवाहित महिला छटपटाउन थाले !

कस्तो अचम्म : कहाँ हो त्यो ठाउँ जहाँ पुरुष नपाएर अविवाहित महिला छटपटाउन थाले !

Posted in समाज
उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् । महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् । अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९
उडिरहेको विमानमा जन्मियो बच्चा, जसले पाउने छन् जीवनभर फ्रि टिकट !

उडिरहेको विमानमा जन्मियो बच्चा, जसले पाउने छन् जीवनभर फ्रि टिकट !

Posted in समाज
साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा एक बच्चाको जन्म भएको छ । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ । जेट एयरका अनुसार यस बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको थियो मुम्बई विमानस्थलमा अवतरण गरिएपछि आमा र बच्चा दुवैलाई होली स्पिरिट अस्पतालमा भर्ती गराइएको थियो । जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्नेछन् । जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो , जब कुनै बच्चा उडान भइरहेको बेला जन्म लिएको छ । यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । यस बच्चाको जन्म दिने क्रममा क्याविनका क्रु मेम्बरले सहयोग गरेका थिए ।
सबैको गन्तब्य यहि हो ! लोभलालच नगर्नु होला !

सबैको गन्तब्य यहि हो ! लोभलालच नगर्नु होला !

Posted in समाज
काठमाडौं सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढ्नुहोला हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ , मेरो यस्तो चिनजान छ , मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यको समयमा इनले बचाउन सक्छन् ? आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ? पछिल्लो अवस्थामा मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाश को मृत्यु भएपछी अहिले प्रचण्ड पनि एक्लो बनेका छन् । युद्धकालमा प्रचण्ड ले कतिका ज्यान लिए होलान् , कति लाई घरबार बीहीन बनाए होलान् तर आफ्नै छोराको पनि अकालमा मृत्यु हुन्छ भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला । जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशु का धारा बगे यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि
नायिका श्वेताले निर्माण गरेको ‘माझी बस्ती’ (भिडियो सहित)

नायिका श्वेताले निर्माण गरेको ‘माझी बस्ती’ (भिडियो सहित)

Posted in समाज
ईटहरी/ विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् । धूर्मुस-सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर बस्ती अनि अहिले बन्दै गरेका स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती । हेर्नुहोस् भिडियोमा यत्ति सुन्दर बन्दैछ यो माझी वस्ती… चौतारा साँगाचोकगढी नगरपालिका-१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ । भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउण्डेशन मार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशनले स्थान
नेपालमा यौनकर्मी महिला कहाँ बढी पाउने गरिन्छ ? उनीहरु कसरि ग्रहाकको सम्पर्कमा आउने गर्छन् ? उनीहरुलाई कसरि भेट्न सकिन्छ ?

नेपालमा यौनकर्मी महिला कहाँ बढी पाउने गरिन्छ ? उनीहरु कसरि ग्रहाकको सम्पर्कमा आउने गर्छन् ? उनीहरुलाई कसरि भेट्न सकिन्छ ?

Posted in समाज
काठमाडौं – फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट एरियाको माग गरेको पनि वर्षौं भइसक्यो। पूर्वका प्रमुख शहर र बजारमा सर्वत्र स्थापना भइरहेका छन्, सेक्स स्टेसनहरू। यस्ता स्टेसनका पारखी छन्, रिक्साचालकदेखि ठूला व्यापारीसम्म। पूर्वको यौन व्यवसायको ताजा हाल बुझ्न गोपाल दाहालले पूर्वका थुप्रै यौन अखडा चहारेका छन्।भारत र पूर्वी नेपालको नाका हो, झापाको काकडभिट्टा। भारतको सिलिगुढी हुँदै दार्जीलिङ, सिक्किम जाने र सीमाबाट नेपालतर्फ आउने गाडी स्टेसन छ, त्यहाँ। तर पछिल्ला दिनमा त्यो गाडी स्टेसन भन्दा बढी ‘सेक्स स्टेसन’ का रूपमा परिचित छ। नेपाल र भारतका मात्र होइनन्, बंगलादेशका नागरिकसमेत जमघट हुने यो ठाउँमा खुल्लमखुल्ला यौनधन्दा